काठमाडौं– नेकपा माओवादी केन्द्रले पार्टीसँग कुनै सरोकार नराख्ने व्यक्तिले दल दर्ता र खारेजी भन्दै दुष्प्रचार गरेकोमा आपत्ति जनाएको छ ।
माओवादी केन्द्र केन्द्रीय कार्यालयका कार्यलय सचिव श्रीराम ढकालले शुक्रबार विज्ञप्ति जारी गर्दै नेकपा माओवादी केन्द्र दल दर्ता खारेजीका लागि सरोज बुढाथोकीले निर्वाचन आयोगमा निवेदन दर्ता गराएको सार्वजनिक भएकोमा पार्टीको ध्यानाकर्षण भएको भन्दै त्यसरी निवेदन दिने व्यक्ति पार्टीमा सरोकार नै नराख्ने भएको स्पस्ट पारेका छन् ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
