काठमाडौं – काठमाडौँको क्षेत्र नं. ५ मा निरन्तर चुनाव हारेका नेकपा एमालेका प्रभावशाली नेता इश्वर पोखरेलले पछिल्लो निर्वाचनमा सोही क्षेत्रबाट भारी मतान्तरले निर्वाचन जिते । उनले मात्र निर्वाचन जितेनन् उनको दल र गठवन्धन समेत जोड्दा झण्डै दुइ तिहाई पुग्ने गरी कम्युनिष्ट पार्टीले विजयी हासिल गर्यो ।
स्वभाविक रुपमा पार्टी अध्यक्ष केपी शर्मा ओली संसदीय दलको नेता र प्रधानमन्त्री बन्ने भए । ओली शक्तिशाली प्रधानमन्त्री बन्दा पोखरेलले पनि सरकारमा आफ्नो प्रभावशाली उपस्थिति हुने ठाने । ओली समूहकै नेता भएकाले पोखरेलको अपेच्क्षा अस्वभाविकभने थिएन ।
उनी निकटस्थहरुका अनुसार पोखरेल उप– प्रधानमन्त्री सहित अर्थ मन्त्री हुन चाहन्थे । आफुले सरकार र पार्टीको अन्य काममा समेतसमय दिनु पर्ने भएकाले आफ्नो सहजताका लागी उनले एक जना राज्य मन्त्रीको आवश्यकता ठाने । अर्थतन्त्र वुझेको र राष्ट्रबैंकको समेत गर्भनर भइसकेका डा. युवराज खतिवडा आफ्ना लागी उपयुक्त राज्यमन्त्री हुने ठानेर आफ्नालागी अर्थ सहित उप –प्रधानमन्त्री रडा.खतिवडालाई अर्थ राज्यमन्त्री बनाउने प्रस्ताव लिएर पोखरेल ओलीलाई भेट्न पुगे ।
तर घटनाक्रम पोखरेलले सोचे जस्तो गरी अघि बढेन । मन्त्रीपरिषद गठन गर्दा प्रधानमन्त्रीले पोखरेललाई विनाविभागिय मन्त्रीको प्रस्ताव गरे । अर्थ मन्त्रालय लिएर प्रधानमन्त्री पछिको बरियतामा सरकारको शक्तिशाली सदस्य बन्ने चाहना पालेका पोखरेललाई प्रधानमन्त्रीको प्रस्ताव अनपेक्षित थियो । निकै जोडवल गरेर रक्षा मन्त्रालय सम्मको जिम्वेवारी पोखरेलले हात पारे ।
तत्कालिन संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई उप प्रधानमन्त्री बाउनुपने भएकाले एमालेबाट पनि उप प्रधानमन्त्री आवश्यक परे पछि ओलीले अनिच्छापूर्वक पोखरेललाई उप– प्रधानमन्ती बनाए । रोचक कुरा त के भने पोखरेलले आफ्नो राज्मन्त्रीमा प्रस्ताव गरेका डा.खतिवडालाई नै ओलीले अर्थ मन्त्री बनाइदिए ।
पार्टी भित्र राष्ट्रिय सभा सदस्य चयनमा विवाद भएर वामदेव गौतमलाई बनाउनु पर्ने भए पछि खतिवडा सरकारबाट बाहिरिए । विनासांसद ६ महिना थप मन्त्री बनेका खतिवडा अमेरिकाको लागी नेपाली राजदुत बनाइए ।
यता पोखरेल भने स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता र फास्टट्रयाकका सम्बन्धमा नेपाली सेना संगको विवादका कारणरक्षा मन्त्रालय समेत खोसिएर विना विभागिय मन्त्रीमा खुम्चिन पुगे । आफ्नै इच्चाले विनाविभागीय मन्त्री बनेको बताए पनि पोखरेललाई प्रधानमन्त्री कुनै मन्त्रालय दिन चाहदैनन भन्ने छर्लङ्ग थियो । पोखरेललाई कोभिड सम्बन्ध महत्वपूर्ण कार्य सम्पादनगर्ने सिसिएमसीबाट समेत ओलीले हटाइदिएका थिए । मन्त्रीपरिषदवाट विदा हुन् अधि पोखरेलले आफुलाई कुनै मन्गालय दिन आग्रह गरे तर प्रधानमन्त्रीले मन्त्रालय दिनु त कहाँ हो विना विभागिय समेत खोसेर मन्त्रीपरिषदवाटै विदा दिए ।
अहिले एउटै मन्त्रीले पाँचवटा मन्त्रालय पाउने अवस्था आयो भने पोखरेलका लागी एउटा सामान्य मन्त्रालय समेत आकाशको फलबन्न पुग्यो ।
पोखरेललाई ओलीको पेलाईको सिलसिला यति मात्र होइन , नेकपा एमाले र माओवादी केन्द्र विच एकिकरण हुँदएमाले महासचिव रहेका पोखरेल हटाइए । एकिकृत पार्टीको महासचिवमा उनी भन्दा कनिष्ठ विवणु पौडेललाई ल्याइयो ।सर्वोच्चको फैसलाले एमाले र माओवादी ब्युँतिए पछि उनको महासचिव पद स्वत : ब्युँतिएको हो । एकिकृत हुँदा बनेको नेकपा होसवा एमालेमा निरन्तर ओलीको पक्षमा रहदै आएका पोखरेलाई ओलीले निरन्तर पेल्नु आफैमा अनौठो छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
