काठमाडौं – विपक्षी गठबन्धनका दलहरूले सम्पादकहरू संग अन्तर्क्रिया गरेका छन । अन्तक्रियामा कांग्रेस सभापति शेरबहादुर देउवाले आफुहरुले बहुमत सांसदको हस्ताक्षर बुझाउदा पनि राष्ट्रपतिबाट नयाँ सरकार नगरी संसद विघटनलाई सदर गरेर स्वच्छाचारिता प्रदर्शन गरेको बताएका छन । उनले त्यसका विरुद्ध आफुहरु सर्वोच्च अदालत गएको बताए । देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमाथी प्रहार गरेको बताए । उनले निरंकुशता विरुद्ध एकजुर हुन आव्हान गरे ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
