Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

निषेधाज्ञा केहि खुकुलो : सवारी साधनमा जोर-विजोर, पसल बार अनुसार खुल्ने


  • आइतबार, असार ६ २०७८

  • निषेधाज्ञा केहि खुकुलो : सवारी साधनमा जोर-विजोर, पसल  बार अनुसार खुल्ने

    काठमाडौं –  निषेधाज्ञा केहि खुकुलो भएको छ । खुकुलो निषेधाज्ञा असार १४ गते सम्म लम्वाइएको छ । असार आठ गते देखी निजि सवारी साधन जोर विजोर नम्बरका आधारमा चल्न पाउने भएका छन ।

    आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्रीका पसल खोल्न दिइने निर्णय भएको छ । सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट पसल खोल्न दिइनेछ ।
    खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न दिइनेछ। रेष्टुरेन्ट, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउनेछन्।
    निर्माण सामग्रीका पसलहरू बिहान ११ देखि साँझ ६ बजेसम्म खोल्न पाइने निर्णय सरकारले गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij