काठमाडौं – नेपाली कांग्रेसको १४ औं महाधिवेशन केही दिन सार्न पदाधिकारी बैठकमा छलफल भएको छ । केन्द्रीय महाधिवेशन भने भदौ १६ देखि १९ गतेसम्म गर्ने महामन्त्रीको प्रस्ताव रहेको सहमहामन्त्री डा. प्रकाशशरण महतले बताए । वडा देखि केन्द्रीय महाधिवेशनको कार्यतालिका केहि दिन सारेर भदौमा महाधिवेशन सम्पन्न गर्न तयारी थालिएको छ ।
महाधिवेशनका विषयमा अन्यौलता रहेका बेला सभापति शेरबहादुर देउवाले निर्धारित मितिमै महाधिवेशन हुने जनाएको केही दिन पछि आज कांग्रेस पदाधिकारी बैठकमा महाधिवेशनका बारेमा छलफल भएको हो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
