काठमाडौं – सभामुख अग्नी प्रसाद सापकोटाले समसामयीक विषयमा छलफल गर्न राजनितिक दलहरुलाई बोलाएकोमा प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट देखिएको छ । एमाले अध्यक्षका हैसियतमा सापकोटाले ओलीलाई समते निमन्त्रणा गरे पनि उनी सहभागी नहुने भएका छन ।
बैठकमा अन्य राजनितिक दलका नेताहरू भने सहभागी हुने भएका छन । ओलीले संसद विघटन गरेर निर्वाचन घोषणा गरेको विरुद्ध विपक्षी गठबन्धन बहुमत सांसद्को हस्ताक्षर सहित अदालत गएका छन । सम्मामुख पनि प्रधानमन्त्रीको कदमको विपक्षमा छन ।
सभामुखले संसद विघटन सहित का राजनितिक विषयमा दलहरु संग छलफल गर्न लागेका कारण प्रधानमन्त्री असन्तुष्ट बनेको बताइएको छ । सभामुख सापकोटाले भोली २ वजे बैठक बोलाएका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
