Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

अक्सिजन नपाई पोखरामा ६ जनाको मृत्यु-कांग्रेसको प्रश्न : देशमा सरकार छ ? कहाँ छ ?


  • शुक्रबार, जेष्ठ १४ २०७८

  • अक्सिजन नपाई पोखरामा ६ जनाको मृत्यु-कांग्रेसको प्रश्न : देशमा सरकार छ ? कहाँ छ ?

    काठमाडौं – नेपाली कांग्रेसले पोखरामा एक सुत्केरी महिला सहित ६ जनाको अक्सिजन अभावका कारण मृत्यु भएको घट्ना दुःख र कारुणीक भन्दै सरकारको कडा आलोचना गरेको छ । प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गरी घटनाले सरकार विहिनताको अवस्था देखिएको बताए ।

    उनले भनेका छन – ‘अक्सिजनको अभावमा पोखराको एक अस्पतालमा सुत्केरी महिला सहित ६ जनाको एकैसाथ निधन भएको घटना अत्यन्तै दुःखद र कारुणिक छ। समयमै अक्सिजन उपलब्ध हुने सुनिश्चित ब्यवस्थापनको समन्वय सरकारले अझै गर्न नसक्नुको परिणाममा उपचाररत बिरामीको ठुलो संख्यामा एकसाथ निधनले राज्यको अकर्मण्यता पुष्टि त गरेको छ नै सरकार कहाँ छ भन्ने गम्भीर प्रश्न पनि सृजना गरेको छ।’


    कांग्रेसले जनताको मृत्यु यसरी कहालीलाग्दो ढंगले हुंदै गर्दा सरकार मानवीय कर्तव्यमा भन्दा असंवैधानिक कर्ममा लिप्त रहनु इतिहासकै दुर्भाग्य भएको बताएको छ । कांग्रेसले भनेको छ -‘देशभरका सरकारी हुन् या निजी क्षेत्रका अस्पताल अक्सिजनको अभाव हुन नदिन अत्यावश्यक समन्वय गर्ने अनिवार्य दायित्व सरकारको हो। सरकारले यो दायित्व निर्वाह नगरेर हुने र भएका गम्भीर घटनाहरुको जिम्मेवार पनि सरकार नै हो। नेपाली कांग्रेस मृत्युको तथ्यांक राख्ने भूमिकाबाट सरकारमा रहँदासम्म जनताको जीवन रक्षाका लागि सम्पूर्ण रुपले केन्द्रित हुन प्रधानमन्त्रीलाई अपील गर्दै लापरवाहीले भएका प्रत्येक मृत्युु महंगो पर्ने चेतावनी दिन चाहन्छ।’

    कांग्रेसलेअक्सिजनको अभावमा एकसाथ जिवन गुमाएका ६ नागरिकको मृत शरीर अनि सुत्केरी आमाको मृत्युु पश्चात असहज स्थिति सामना गरिरहेको नवजात शिशुलाई हेरेर आजको मितिमा राज्यको कर्तव्य पहिचान र आत्मसात गर्न समेत नेपाली कांग्रेस प्रधानमन्त्री एवं नेपाल सरकारलाई अपील र आग्रह गरेको छ ।

     

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij