काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानन्याधिस चोलेन्द्र शमशेर जवरालाई मध्यरातमा निवासमा बोलाएर भेटेको भन्दै जनता समाजवादी पार्टीका नेता पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराइले विरोध जनाउँदै टिप्पणी गरेका छन । उनले यो समाचार / हल्ला लोकतन्त्रका लागी शुभ संकेत नभएको प्रतिक्रिया दिएका छन । उनले भनेका छन –
‘प्रधान न्यायाधीशलाई प्रमले मध्यरातमा निवास बोलाउने,विदेशी दूतले पटकपटक भेट्ने आदि समाचार/हल्ला ळोकतन्त्रकालागि शुभसंकेत हैनन्! खिलराज रेग्मी प्रकरण अन्तरिम संविधानकालको अपवाद हो,त्यो नियम/नजीर बन्न सक्दैन। राज्यका प्रमुख अंग धुजाधुजा पारेर संविधान/लोकतन्त्र मास्ने खेल पूरा नहोस्!’
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
