Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एट्लेटिको मड्रिडले स्पानिस ला लिगाको उपाधि जित्यो


  • आइतबार, जेष्ठ ९ २०७८

  • एट्लेटिको मड्रिडले स्पानिस ला लिगाको उपाधि जित्यो

    काठमाडौं – स्पेनिस ला–लिगा फुटबल प्रतियोगिताको उपाधि एथलेटिको म्याड्रिडले जितेको छ । लिगको अन्तिम खेलमा रियल भाल्लाडोलिडमाथि शनिवार २-१ को पुनरागमन जितसहित एट्लेटिको ७ वर्षपछि च्याम्पियन बनेको हो ।

    एट्लेटिकोलाई उपाधि जिताउन यसै सिजन बार्सिलोनाबाट आएका लुइस सुआरेजले निर्णायक गोल गरे । सुआरेजले ६७औं मिनेटमा गोल गर्दै एटलेटिकोलाई २-१ को जित दिलाए । त्यसअई ओस्कार प्लानोले १८औं मिनेटमा गोल गर्दै घरेलु टोली भाल्लाडोलिडलाई अग्रता दिलाएपनि ५७औं मिनेटमा एन्जल कोरेअले एट्लेटिकोका लागि बराबरी गोल फर्काएका थिए ।

    अर्को खेलमा दोस्रो स्थानको रियल मड्रिडले भियारियल विरुद्ध २-१ कै पुनरागमन जित हात पारेपनि उपाधि रक्षा गर्न सकेन । एट्लेटिकोले बराबरीमा रोकिएको भए र रियल विजयी भएको अवस्थामा रियल हेड टु हेडमा विजेता बन्ने थियो । तर दुवै टोलीले एक गोलले पछि परेपनि त्यसलाई उल्टाएर जित हात पार्‍यो । एट्लेटिकोले ३८ खेलबाट ८६ अंक जोड्दा रियलले ८४ अंक जोड्यो । एट्लेटिकोले ११औं पटक ला लिगा उपाधि जितेको हो । रियलले भने २००९-१० पछि यस सिजन कुनै पनि ट्रफी जित सकेन ।

    यसअघि नै उपाधि हवडबाट बाहिरिएको बार्सिलोनाले अन्तिम खेलमा आइबरलाई १-० ले पराजित गर्दै तेस्रो स्थानमा लिग सकाएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij