काठमाडौं – संविधानको धारा ७६ (५ ) अनुसार सरकार दाबी गर्न विपक्षी दलहरुले प्रयास तिव्र बनाएका छन । विपक्षी गठवन्धनका तर्फवाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा दावी गर्ने तयारी छ । सरकार बनाउने प्रयासमा एमालेका माधव – झलनाथ पक्ष समेत सामेल भएका छन । जनता समाजवादीका उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्ष, नेपाली कांग्रेस र माओवादी केन्द्रको संयुक्त गठवन्धन बनाएर सरकार बनाउने सम्भावना बढ्दै गएको छ ।
यतिवेला एमालेको असन्तुष्ट पक्षका सांसदहरुको भेला शिहदरवारमा सुरु भएको छ । भेलामा २० भन्दा बढी सांसद जम्मा भइसकेका छन । सरकार दावी गर्ने पत्र समेत तयार भइसकेको छ । देउवालाई प्रधानमन्त्री बनाउन १ सय ५० सांसदको हस्ताक्षर पुगेको दावी गरिएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
