Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

युरोकपका लागि क्रोएसियाले घोषणा गर्यो टिम


  • मंगलबार, जेष्ठ ४ २०७८

  • युरोकपका लागि क्रोएसियाले  घोषणा गर्यो  टिम

    अर्को महिनादेखि सुरु हुने युरोकप फुटबलका लागि क्रोएसियाको टिम घोषणा भएको छ । मुख्य प्रशिक्षक ज्लाट्को डालिचले सोमबार २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।

    कोरोना महामारीका कारण यस पटक युरोमा सहभागी टोलीले टिममा २६ जना खेलाडी राख्न पाउने यसअघि नै युइएफएले निर्णय गरिसकेको छ । त्यसैअनुसार क्रोएसिया २६ जनाको टोली घोषणा गरेको हो । टिममा ३ गोलकिपर, ९ डिफेण्डर, ७ मिडफिल्डर र ७ फरवार्ड छन् । क्रोएसियाले ८ जना स्ट्यानबाई समेत घोषणा गरिएको छ । समूह डी मा रहेको क्रोएसियाले चेक रिपब्लिक इंग्ल्याण्ड र स्कटल्याण्डसँग खेल्नेछ । मिनी विश्वकपको रुपमा परिचित युरोकपको १६औं संस्करण युरोपको विभिन्न देशका ११ शहरमा हुँदैछन् । प्रतियोगिताको ६०औं वर्षगाँठको रुपमा यसपटक धेरै देशमा युरो हुन लागेको छ ।

    गोलकिपर : लोभरे कालिनिक, डोमिनिक लिभाकोभिक, सिमोन स्लुगा डिफेण्डर : डोमागोज भिदा, डेजान लोभरेन, सिम भ्रस्लाज्को, बर्ना बारिसिक, डुजे कालेटा कार, जोसिप जुरानाभिक, डोमागोज बराडारिक, मिले स्कोरिक, जोस्को जिभार्डिओल मिडफिल्डर : लुका मोडरिक, माटेओ कोभासिक, मार्सेलो ब्रोजोभिक, मिलान बाडेल, मारियो पासालिक, निकोला भ्लासिक, लुका इभानुसेक फरवार्ड : इभान पेरिसिक, आन्द्रे क्रमारिक, एन्टे रेबिक, जोसिप ब्रेकालो, ब्रनो पेटकोभिक, मिस्लाभ ओरिसिक, एन्टे बुडिमिर रहेका छन् ।
    टिमको प्रशिक्षक ज्लाट्को डालिक रहेका छन् । युरोकप आगामी जुन ११ देखि जुलाई ११ सम्म आयोजना हुँदैछ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij