Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

लेस्टरले पहिलो पटक जित्यो एफए कप


  • आइतबार, जेष्ठ २ २०७८

  • लेस्टरले पहिलो पटक जित्यो एफए कप

    लेस्टर सिटीले पहिलो पटक एफए कप फुटबलको उपाधि जितेको छ । २१ हजार दर्गशकको उपस्थितीमा लण्डनस्थित वेम्लीमा भएको फाइनलमा चेल्सीलाई १-० ले पराजित गर्दै लेस्टर च्याम्पियन बनेको हो ।

    लेस्टरको लागि खेलको दोस्रो हाफमा युरी थिलेमन्सले एक मात्र गोल गरे । उनले ६३औं मिनेटमा लङ रनेजबा६ उत्कृष्ट गोल गरेका थिए । ८९औं मिनेटमा लेस्टरकै पूर्व खेलाडी बेन चिलवालको प्रहार डिफ्लेक्स हुँदै गोल भएको थियो । तर भिएआर रेफ्रीले उक्त गोललाई मान्यता दिएनन् ।

    यसअघि चार पटक फाइनल खेलेपनि एफए कपको उपाधि जित्न नसकेको लेस्टर पाँचौ पटकमा भने भाग्यमानी बन्यो । लेस्टरले यसअघि सन् १९४९, १९६१, १९६३ र १९६९ मा फाइनल खेलेपनि उपविजेता बनेको थियो ।

    उता ८ पटक उपाधि जितेको लण्डन क्लब चेल्सी लगातार दोस्रो पटक उपविजेतामै सीमित बनेको छ । चेल्सीले पछिल्लो पटक सन् २०१८ मा एफए कप जितेको थियो ।

    अर्को लण्डन क्लब आर्सनलले सर्वाधिक १४ पटक उपाधि जितेको छ भने म्यानचेष्टर युनाइटेडले १२ पटक यस जितेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij