Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एमालेलाई बधाई दिंदै नारायणकाजीले भने – ‘अरुको विरोध गरेर समय खेर नफालौं’


  • शुक्रबार, बैशाख ३१ २०७८

  • एमालेलाई बधाई दिंदै नारायणकाजीले भने – ‘अरुको विरोध गरेर समय खेर नफालौं’

    काठमाडौं – माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेकपा एमालेलाई बधाई दिएका छन । उनले आफ्नो पार्टीले अरुको विरोध गरेर समय खेर फाल्न नहुने बताए । क्रान्तिकारी पार्टी निर्माण गरेर समाजवादताई अधिवद्नु पर्ने तर्क उनको छ । सामाजिक सञ्जाल मार्फत उनले तत्काल पार्टी कोरोना महामारीमा केन्द्रीत हुनु पर्ने पनि उल्लेख गरेका छन । श्रेष्ठले सार्वजनिक गरेको धारणा यस्तो छ :

    नेकपा(एमाले )का कमरेडहरुलाई बधाई तथा शुभकामना ।

    हाम्रो पार्टी र अन्य कम्युनिष्ट क्रान्तिकारीहरु ,मुख्यत: हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र ) ले अव प्रतिक्रियात्मक भएर अरुको बिरोधमा समय खेर फाल्नु हुदैन। देशभक्ति ,क्रान्तिनिष्ठता , सिध्दान्तनिष्ठता र जनसेवालाई आत्मसात गर्दै ब्यबस्थितरुपमा बैचारिक सांस्कृतिक रुपान्तरण र संगठनात्मक सुदृढीकरण को अभियान सञ्चालन गर्नुपर्छ । बैचारिक छिपछिपेपन , बिधिपध्दतिको अवज्ञा ,ब्यक्तिवाद ,संकिर्णता , अनेकता ,गुटवन्दी , भ्रष्टीकरणबाट माथि उठ्नुपर्छ र त्यसको बिरुध्द संघर्ष गर्न दृढ हुनुपर्छ। त्यसरी मात्र हामी क्रान्तिकारी पार्टी निर्माण र समाजवादको यात्रामा सफलताउन्मुख हुँदै अघि बढ्न सक्नेछौं।

    बिचलन ,निराशा र निष्कृयता क्रान्तिकारी गुणचरीत्र होइन । घिसिपिटेपन र तदर्थवाद बाट फड्को नमारीकन पनि आजको आवश्यकता पुरा गर्न सकिने छैन ।
    तत्कालै भने सिङ्गो पाटी पङ्क्ति कोरोना महामारी सङग जुझ्न स्वयंसेवामा जुटौं ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij