काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा दिउँसो बस्ने बैठक बोलाइएको काँग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
पौडेलका अनुसार बैठकमा १४ औं महाधिवेशन तयारी, राष्ट्रियसभाको उपनिर्वाचनमा लागि उम्मेदवार चयन र केन्द्र र प्रदेश सत्ता समीकरण लगायतका विषयमा छलफल हुने छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
