Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

माओवादी केन्द्रद्धारा प्रदेश २ का चार सांसदलाई पदमुक्त गर्न सभामुखलाई सिफारिस


  • सोमबार, चैत्र ३० २०७७

  • माओवादी केन्द्रद्धारा  प्रदेश २ का चार सांसदलाई पदमुक्त गर्न सभामुखलाई सिफारिस

    काठमाडौं– नेकपा (माओवादी केन्द्र) ले प्रदेश २ का चार सांसदलाई पदमुक्त गर्न सभामुखलाई सिफारिस गरेको छ। ती चार जना प्रदेश सभा सदस्य ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेपछि कारबाहीस्वरूप उनीहरूलाई पदमुक्त गर्न सिफारिस गरिएको हो। माओवादी केन्द्रले प्रदेश सभा सदस्यहरू रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशहवा, ज्वाला साह र मोहम्मद समिरलाई पदमुक्त गर्न सिफारिस गरेको माओवादी केन्द्र प्रदेश २ को संसदीय दलका नेता भरत साहले जानकारी दिए।

    चारै जना प्रदेश सभा सदस्यलाई पदमुक्त गरिएको पत्र सभामुख सरोजकुमार यादवलाई बुझाइसकिएको छ ।  चार जना नेकपा एमालेमा लागेपछि पार्टी केन्द्रीय समितिले स्पष्टिकरण सोधेको थियो। २४ घन्टाभित्र स्पष्टिकरण दिन भनिए पनि नदिएपछि उनीहरूलाई पदमुक्त गरिएको हो ।

    माओवादी केन्द्रको प्रदेश सभामा ११ जना सांसद थिए।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij