Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

आहा–रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले जित्यो


  • शनिबार, चैत्र २८ २०७७

  • आहा–रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले  जित्यो

    पोखरा – आहा–रारा गोल्डकप फुटबलको उपाधि संकटा क्लबले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा अफ्रिकन रुट्स एशोसियसन डाउला क्यामरुनलाई टाइब्रेकरमा ४–२ को गोल अन्तरले पराजित गर्दै संकटाले पहिलो पटक आहा–राराको उपाधि चुमेको हो ।
    १९ औं संस्करणको उपाधिसँगै संकटाले १० लाख १ हजार रुपैँया हात पारेको छ ।

    निर्धारित र थप गरिएको समयमा पनि खेल १–१ गोलको बराबरीमा रोकिएपछि निर्णय पेनाल्टी सुटआउटमा लिइएको थियो । संकटाका अमित तामाङ, सुवास गुरुङ, निरज बस्नेत, आयुष घलानले गोल गर्दै संकटाका लागि पहिलो पटक आहा–रारामा इतिहास रचेका हुन् । अफ्रिकनका यानिक र रिमले गोल गर्दै खेल प्रतिस्पर्धामा गराएको भए पनि कुइटेको प्रहार खेर गयो भने संकटाका गोलकिपर राजाबाबु थापाले एमबाकोपको प्रहार छेक्न सफल भए ।
    आहा–राराकै इतिहासमा पहिलो पटक फाइनलमा पुगेको संकटाले उपाधि नै उचाल्यो ।
    पहिलो पटक सहभागिता जनाएको अफ्रिकन टोलीले उपविजेताका रुपमा ५ लाख रुपैयाँ हात पारेको छ ।

    ८ क्लबको सहभागिता रहेको प्रतियोगिताको च्याम्पियन संकटाका गोलकिपर राजाबाबु थापा उत्कृष्ट घोषित हुँदा संकटाकै नीरज बस्नेत उत्कृष्ट डिफेन्डर भए ।
    यस्तै अफ्रिकन रुट्सका राफायल रिम उत्कृष्ट मिडफिल्डर हुँदा अफ्रिकन रुट्सकै बासिकले उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकको उपाधि पनि अफ्रिकन रुट्सका सेर्गी बोरिसले हात पारे । उनीहरुले जनही २५ हजार रुपैयाँ हात पारे ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij