Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

ओलीबाट सत्ता कब्जाको कोसिस भइरहेको छ – देउवा


  • शुक्रबार, चैत्र २७ २०७७

  • ओलीबाट सत्ता कब्जाको कोसिस भइरहेको छ – देउवा

    काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाट सत्ता कब्जाको कोसिस भइरहेको बताएका छन्।
    शुक्रबार काठमाडौंमा भएको नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेलामा बोलेका देउवाले भने, ‘उनले चाहेर पनि सत्ता कब्जा हुँदैन।’
    पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले प्रधानमन्त्री ओलीलाई हटाउन सबै लाग्नुपर्ने बताए। ‘उनलाई हटाउन हामी सबै लागौं,’ देउवाले भने। उनले चुनावमा जानुपर्ने स्थिति पनि आउन सक्ने भएकोले तयार रहन आग्रह गरेका थिए।
    ‘चुनावमा त हामी जानैपर्छ। चुनावमा जाने बाध्यता हुन सक्छ,’ उनले भने, ‘जनता मालिक हो। जनताको घरदैलोमा पुगौं। जनताको दिल जितेपछि चुनाव जितिन्छ।’
    जनताले भोट नदिएकैले गएको निर्वाचनमा कांग्रेसले हारेको उनले बताए। दुई कम्युनिष्ट पार्टी मिलेकोले जनताले पनि उनीहरूलाई नै भोट दिएको देउवा बताउँछन्। ‘अब जनताले बुझिसके, हामी एक भएर जाने हो भने एक नम्बरको पार्टी बन्छौं,’ उनले भने।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij