काठमाडौं – घरेलु मैदानमा सम्पन्न त्रिदेशीय फुटबल विजेता नेपाली टोलीका सम्पूर्ण सदस्यहरुलाई सरकारले चार÷चार लाख रुपैयाँ दिने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।
नेपालले घरेलु मैदानमा बंगलादेशलाई हराउँदै त्रिदेशीय फुटबलको उपाधि जितेको थियो । तीन देश सम्मिलित फुटबलमा नेपालले पहिलो दुई खेल बराबरी खेलेको थियो । फाइनलमा नेपालले बंगलादेशलाई २–१ ले पराजित गरेको थियो ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले पनि खेलाडीलाई जनही एक लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
