Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेपाल – खनाल पक्षको स्थायी समिति बैठक सुरु


  • शुक्रबार, चैत्र २० २०७७

  • नेपाल – खनाल पक्षको स्थायी समिति बैठक सुरु

    काठमाडौं – नेकपा एमालेको झलनाथ खनाल–माधव नेपाल पक्षका स्थायी समिति सदस्यहरुको बैठक सुरु भएको छ । कलंकीस्थित मेगा पार्टी प्यालेसमा ११ बजे बस्ने भनिएको बैठक झण्डै डेढ घण्टा ढिलागरी सुरु भएको हो ।
    बैठकमा वरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल तथा नेताहरु सुरेन्द्र पाण्डे, वेदुराम भुसाल, युवराज ज्ञवाली, घनश्याम भुषाल, योगेश भट्टराई,अष्टलक्ष्मी शाक्यलगायत सहभागी छन् । अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता नेपालसहित चार जनालाई कारबाही गरेपछि नयाँ रणनीति बनाउने विषयमा छलफल केन्द्रीत हुने नेताहरुले बताएका छन् ।
    आजको बैठकले खनाल–नेपाल पक्षले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत दस्तावेज तयार गर्ने छ । बैठकले संगठन सुदृढीकरणसम्बन्धी एकीकृत कार्ययोजना बनाउने बताइएको छ । सो समुहका एक नेताका अनुसार गत चैत ४ र ५ गते सम्पन्न राष्ट्रिय कार्यकर्ता भेलामा पारित कार्यपत्रलाई आवश्यक संशोधन गर्दै दस्तावेजका रुपमा तल्ला कमिटीसम्म वितरण गर्ने योजना छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij