Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

भोली नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठक बस्दै


  • बिहिबार, चैत्र १२ २०७७

  • भोली नेपाल समूहको केन्द्रीय सदस्यहरुको बैठक बस्दै

    काठमाडौं – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले शुक्रबार केन्द्रीय सदस्यहरुको बैठक बोलाएको छ ।
    पार्टीमा देखिएको विवाद र नेताहरुलाई सोधिएको स्पष्टीकरणबारे छलफल गर्न बैठक बोलाइएको एक नेताले जानकारी दिए । बैठक बिहान ११ बजे कलंकीस्थित एक पार्टी प्यालेसमा बस्ने बताइएको छ ।
    एमाले अध्यक्ष केपी शर्मा ओली पक्षीय नेताहरुको मात्र उपस्थित भएको ७ चैतको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेता नेपालसँगै भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । महासचिव ईश्वर पोखरलले सोमबार स्पष्टीकरण पत्र काट्दै तीन दिनभित्र जवाफ दिन भनेका छन् ।
    नेपाल समूहका नेताहरुका अनुसार स्पष्टीकरणको जवाफ तयार भइरहेको छ । यसका लागि नेपाल समूहका स्थायी कमिटी सदस्यहरुबीच बुधबार छलफलसमेत भएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij