Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

फेरि नेपालीलाई निरीह बनाउन खोजियो : प्रचण्ड


  • बुधबार, चैत्र ११ २०७७

  • फेरि नेपालीलाई निरीह बनाउन खोजियो : प्रचण्ड

    काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नाबारे आफैं निर्णय गर्ने नेपालीहरुको अधिकार खोस्ने प्रयास भइरहेको बताएका छन् ।
    नेपाल राष्ट्रिय उद्योग व्यापार संगठनको प्रशिक्षण भेलालाई मंगलबार सम्बोधन गर्दै प्रचण्डले अहिले नेपालीहरु निरीह हुन थालेको वा हेपिन थालेको हो कि भन्ने लागेको बताए ।
    शान्ति प्रक्रिया, संविधान निर्माणदेखि एमाले र माओवादी केन्द्रबीचको एकतासम्म आइपुग्दा नेपालीहरु कसैको दबाव वा हस्तक्षेपमा होइन, आफ्नो निर्णय आफैंले गर्न सक्छन् भन्ने स्थापित गरिएको उनले बताए । तर त्यसलाई मन नपराएकाहरुले नेकपाभित्र दलाल तयार पारेको भन्दै प्रचण्डले भने, ‘जसलाई पार्टीको अर्को अध्यक्ष बनाइएको थियो, तीनै अध्यक्षलाई दलालका रुपमा मोहोरा बनाउन सफल भए ।’
    त्यही कारण प्रधानमन्त्रीले ५ पुसमा प्रतिनिधिसभा विघटन गर्ने कदम चालेको उनले बताए । यद्यपि, त्यसविरुद्ध जनता जागरुक भएको र सर्वोच्च अदालतलले त्यसलाई खारेज गरेर संसद पुनर्स्थापनाको पक्षमा फैसला गरेको उनले बताए । नेपालीहरुलाई निरीह बनाउने खतरा रहेको भन्दै प्रचण्डले सचेत हुनुपर्ने पनि बताए ।

    त्यो फैसलाको मर्मसँग बाझिने गरी २३ फागुनमा अर्को फैसला आएको भन्दै प्रचण्डले भने, ‘खतरा अझै टरेको छैन, नेपालीहरुको अत्मनिर्णयको अधिकार धरापमा छ ।’
    उनले भने, ‘नेपालीहरुमा निर्णयको अधिकार छैन, तिमीहरु निरिह हौं, निरीह नै रहन्छौ भन्न पो खोजिएको हो ? तिमीहरु बढी गर्‍यौ भने परिणाम भोग्न तयार होऊ भनेर धम्कीको आउन थालेको हो कि रु तिमीहरुको निर्णय हामी गरिदिन्छौं, तिमीहरुलाई आदेशपालक बनाउन पो खोजिएको हो कि जस्तो लाग्छ ।’

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij