काठमाडौं – नेकपा एमालेका वरिष्ठ माधवकुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला आजदेखि सुरु भएको छ । ललितपुरको सानेपास्थित हेरिटेज गार्डेनमा राखिएको भेला भोलिसम्म चल्ने छ।
नेकपा एमाले अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल– खनाल पक्षलाई पेलेर जाने रणनीति अख्तियार गरेपछि नेपाल– खनाल समूहले समानान्तर गतिविधि अगाडि बढाएको छ । ओली पक्षले खनाल नेपाल पक्षको भेलामा सहभागी हुनेलाई कारबाहीको चेतावनी दिए पनि देशभरबाट नेता कार्यकर्ताको उल्लेख सहभागिता रहेको छ भने भेला स्थलमा चहलपहल बढेको छ ।
नेता कार्यकर्तालाई ११ जना स्थायी समिति सदस्यद्वारा आइतबार जारी गरिएको विज्ञप्ति वितरण गरिएको छ । बैठककाे अध्यक्ष नेता खनालले गरेका छन् । भेलामा दस वटा समूह बनाइएकाे छ ।
भेला स्थलमा प्राथमिक उपचारको प्रबन्ध मिलाइएको छ । कार्यक्रम दुई सत्रको रहने छ । पहिलो सत्रमा उद्घाटन र दोस्रोमा बन्द सत्र रहनेछ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
