काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पार्टी संसदीय दलको नेतामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ ।
मंगलबार बसेको संसदीय दलको बैठकले नेतामा प्रचण्ड र प्रमुख सचेतकमा देव गुरुङ चयन गरेको नेता वर्षमान पुनले जानकारी दिए । त्यस्तै राष्ट्रिय सभा संसदीय दलको दलको नेतामा दिनानाथ शर्मालाई चयन गरेको छ ।
सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएपछि माओवादी केन्द्रले आफ्नो संसदीय दलको पदाधिकारी चयन गरेको हो । अझै संसदीय दलको उपनेता र सचेतक चयन गरेको छैन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
