काठमाडौं – नेकपा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता हुने भएको छ । सोमबार बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुन लागेको एमाले केन्द्रीय कार्यालयले जनाएको छ ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीले संसद विघटन गरेयता ओली र नेता नेपालबीच भेटवार्ता भएको छैन । संसद विघटनविरुद्ध नेपाल पक्ष सडक संघर्षमै उत्रेको थियो । सर्वोच्च अदालतले संसद विघटन खारेज र नेकपा विवादमा ओली र प्रचण्ड नेतृत्वको नेकपालाई समेत मान्यता नदिएपछि एमाले र माओवादी पूर्ववत् अवस्थामै फर्किएका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
