काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले केन्द्रीय कार्यसमितिको विस्तारित बैठक बोलाएको छ । पार्टीले चैत १ गतेका लागि बैठक आह्वान गरेको केन्द्रीय कार्यालयले जनाएको छ ।
बैठक बिहान ११ बजे पार्टी कार्यालय कोटेश्वरमा बस्नेछ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, सांगठनिक लगायतका विषयमा छलफल हुने बताइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
