काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको बैठक जारी रहेको छ । सिंहदरबारस्थित जसपा संसदीय दलको बैठकमा जारी बैठकले संसदीय दलको नेता चयन गर्नुका साथै सांसद रेशम चौधरीको रिहाइका साथै सरकारमा जाने लगायतका विषयमा पनि छलफल हुनेछ ।
राजपा र समाजवादी पार्टी एकीकरण भएपछि बनेको जसपाले हालसम्म पनि संसदीय दलको नेता चयन गर्न नसकेको अवस्थामा बैठकले नेता चयनको तयारी गरेको हो ।
जसपाको ३४ सांसद मध्ये बहुमत सांसद ठाकुरको पक्षमा रहेको दावी गरिनुले पनि उनको सम्भावना बलियो रहेको नेताहरुको भनाइ छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
