Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

मध्यपुर युथसंग झम्सिखेल युथ क्लब २–१ गोलले पराजित


  • बिहिबार, फाल्गुन २७ २०७७

  • मध्यपुर युथसंग झम्सिखेल युथ क्लब २–१ गोलले पराजित

    काठमाडौं – शहीद स्मारक ‘बी’ डिभिजन लिगमा बिहिबार मध्यपुर युथ एसोसियसनले झम्सिखेल युथ क्लबलाई २-१ गोलको नतिजामा पराजित गरेको छ ।

    सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलको छैठौं मिनेटमा मनिष खड्काले गोल गर्दै झम्सिखेललाई अग्रता दिलाएका थिए । मध्यपुरका कप्तान रोनिश ढिके राजभाकले ३६औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

    पहिलो हाफमा १-१ को बराबरीमा रोकिएको खेलको दोस्रो हाफमा रोमाञ्चक बनेको थियो । अन्तिम मिनेटसम्म बराबरी रहेको खेलको इन्जुरी समएमा धिरज श्रेष्ठले गोल गर्दै मध्यपुरको जित २-१ ले सुनिश्चित गरे ।

    जितसँगै मध्यपुर ११ खेलबाट १६ अंकसहित लिग तालिकाको चौथो स्थानमा छ । पराजित झम्सिखेल समान खेलबाट ६ अंकसहित लिग तालिकाको ११औं स्थानमा छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij