Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

काँग्रेस म्याग्दीका पूर्वसभापति डा. भूपेन्द्र बहादुर खड्काको निधन


  • मंगलबार, फाल्गुन २५ २०७७

  • काँग्रेस म्याग्दीका पूर्वसभापति डा. भूपेन्द्र बहादुर खड्काको निधन

    म्याग्दी – नेपाली काँग्रेस म्याग्दीका पूर्वसभापति डा. भूपेन्द्र बहादुर खड्काको ८० वर्षका उमेरमा निधन भएको छ । बेनी नगरपालिका–८ सङ्गम चोक निवासी उनको काठमाडौँ छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।
    उनी मुटुसम्बन्धी रोगको औषधि सेवन गर्थे ।
    खड्का २०५६ देखि २०६७ सम्म दुई कार्यकाल कांग्रेस जिल्ला सभापति बनेका थिए । म्याग्दी बहुमुखी क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष उनी जिल्लामा कुशल चिकित्सक र कानून व्यवसायीका रुपमा पनि प्रख्यात रहेका थिए ।
    एक समय बेनीको प्रकाश माविका शिक्षकसमेत रहेका उनका एक छोरा र एक छोरी रहेका छन् । खड्काकी श्रीमतीको २०६१ सालमा निधन भएको थियो । स्पष्ट वक्ता, अध्ययनशील र सरल स्वभावका नेपाल रेडक्रस सोसाइटीका पूर्वसभापति खड्का स्वाभिमानी र निष्ठावान् नेताका रुपमा जिल्लामा सुपरिचित थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij