काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहको स्थायी समिति बैठक सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले चार वटा निर्णय गरेको छ ।
उक्त समूहका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका अनुसार आजको बैठकले प्रतिनिधि सभा विघटन बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने, पार्टीको केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने, देशभरि यसअघि निर्धारण गरिएका कार्यक्रमहरूलाई निरन्तरता दिने निर्णय भएको छ। साथै बदलिँदो परिस्थितिबारे अन्य राजनीतिक दलहरूसँग परामर्श गर्ने निर्णय पनि गरेको छ ।
ुस्थानीय अनुकूलताअनुसार स्वरूप परिवर्तन होला तर हामीले जनतालाई जे कुरा भन्न खोजिरहेका छौं। त्यो कुरालाई भन्छौं नै,’ ज्ञवालीले भने।
उनले संसद अधिवेशन सरकारले निर्धारित समयमै बोलाउनेबारे पनि छलफल भएको बताए।
ुप्रधानमन्त्री र हाम्रा लागि यी पदहरू अस्थायी हुन्। तर देशलाई अन्यौलतामा छोडेर अब के हुन्छ भन्ने प्रष्ट नपारी जिम्मेवार व्यक्तिले छोड्न मिल्दैन,’ ज्ञवालीले भने,‘२०६७ सालमा माधवकुमार नेपालले राजीनामा दिएपछि महिनौंसम्म सरकार बन्न नसकेको दृष्टान्त छ। त्यस्तो नहोस् भन्नेमा पनि हामीले सोचेर उपयुक्त निर्णय गर्छौं।’
ओली समूहको स्थायी कमिटी बैठक बिहीबार फेरि बस्नेछ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
