काठमाडौं नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक फागुन ५ गते बस्ने भएको छ। कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेल आइतबार विज्ञप्ति जारी गर्दै बुधबार दिनको २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, ललितपुरमा बैठक बस्ने जानकारी दिएका छन्।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरू सहभागी हुनेछन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
