काठमाडौं – पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
खनाल पत्नी रविलक्ष्मी चित्रकारका साथ नेपाल नेपाल वायुसेवाको नियमित उडानबाट दिल्ली गएका हुन् ।
पूर्वप्रधानमन्त्री खनाल स्वास्थ्य जाँचका लागि दिल्ली गएको उनको सचिवालयले जनाएको छ । उनी स्वास्थ्य जाँच गराएर सोमबार काठमाडौं फर्किने कार्यक्रम छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
