Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

एफए कपमा कीर्तिमानी जितसँगै सिटी अन्तिम आठमा प्रवेश


  • बिहिबार, माघ २९ २०७७

  • एफए कपमा कीर्तिमानी जितसँगै सिटी अन्तिम आठमा प्रवेश

    नौ गोलको थ्रिलरमा टोटनह्याम हटस्पर्सलाई पराजित गर्दै एभर्टन एफए कपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा एभर्टनले स्पर्सलाई ५–४ गोलले पराजित गरेको हो ।

    खेलको तीन मिनेटमा नै डेभिन्सन सान्चेजले एभर्टनलाई अग्रता दिलाएका थिए । तर, पहिलो हाफको अन्त्यअघि ८ मिनेटको अन्तरमा तीन गोल गर्दै एभर्टनले खेलमा अग्रता लियो । डोमिनिक काल्भर्ट लेविन, रिचार्लिसन र गिल्फी सिगर्डसनले गोल गर्दै एर्भटनलाई २ गोलको अग्रता दिलाए । तर, पहिलो हाफको इन्जुरी समयमा एरिक लामेलाले गोल गर्दै स्पर्सलाई खेलमा फर्काउने प्रयास गरे ।

    दोस्रो हाफमा सान्चेजले बराबरी गोल फर्काएपछि रिचार्लिसनले पुनः एर्भटनलाई अग्रता दिलाए । ८३ औँ मिनेटमा ह्यारी केनले गोल गर्दै खेल पुनः बराबरी गरे । त्यसपछि ९७ औँ मिनेटमा बर्नार्डले निर्णायक गोल गर्दै एभर्टनलाई जीत दिलाए । उता, म्यान्चेस्टर सिटीले कीर्तिमानी जीत हासिल गर्दै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सिटीले स्वान्सीलाई ३–१ गोलले हरायो । सिटीको जीतमा कायल वाल्कर, राहिम स्टर्लिङ र ग्याब्रियल जिसुसले गोल गरे । स्वान्सीका लागि मोर्गन विटटेकरले सान्तवना गोल गरे ।

    पेप ग्वार्डिओलाको टोलीले घरेलु प्रतियोगितामा हासिल गरेको यो लगातार १५ औँ जीत हो । योसँगै सिटीले इङ्ल्याण्डको शीर्ष लिगमा कुनै पनि टोलीले लगातार सबैभन्दा धेरै जीत हासिल गरेको कीर्तिमान बनाएको छ । यसअघि आर्सनलले सन् १९८७–८८ र प्रेस्टनले १८९१–९२ मा १४ खेल जितेको कीर्तिमान बनाएको थियो ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij