Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

प्राप्त उपलब्धि जोगाउनु अहिलेको प्राथमिकता हो – प्रचण्ड


  • शनिबार, माघ २४ २०७७

  • प्राप्त उपलब्धि जोगाउनु अहिलेको प्राथमिकता हो – प्रचण्ड

    काठमाडौं – नकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  संविधानको रक्षा र ठुलो बलिदानबाट प्राप्त उपलब्धि जोगाउनु अहिलेको प्राथमिकता भएको भन्दै सत्य र असत्य,लोकतन्त्र र पश्चगमनबीचको लडाई भएको बताएका छन् ।
    शनिबार काठमाडौंमा आयोजित मिडिया एलाइन्ससँगको अन्तरक्रिया कार्यक्रलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सशस्त्र संघर्ष, शान्ति सम्झौता, संविधानसभा हुँदै पछिल्लो निर्वाचन शान्ति, सम्मृद्धि र सुशासनका लागि भएपनि त्यो अनुरुप मुलुक अघि बढ्न नसकेको बताए । उनले नेकपामा पछिल्लो पटक देखिएको विवाद किन र के कारणले देखिएको र यसले के कस्तो असर पारेको हो भन्नेबारे श्वेतपत्र जारी गर्न लागिएको बताएका हुन् ।
    ‘अहिलेको अवस्थाबारे हामी छिटोभन्दा छिटो श्वेतपत्र जारी गर्ने तयारी गर्दैछौ’, अध्यक्ष प्रचण्डले भने ।
    उनले संसदमा भएका दुईतिहाइ पार्टीले संसद विघटन असंवैधानिक भनेर संघर्षमा रहेको भन्दै प्रधानमन्त्री केपी ओली प्रधानमन्त्री बनेलगत्तै पार्टीको विधि, विधान र संविधान विपरितको बाटोमा लाग्दै प्रतिनिधि सभा विघटन गरेर प्रतिगामी कदम चालेको बताए ।
    प्रचण्डले संविधान र व्यवस्थाको रक्षा गर्नु पहिलो दायित्व भन्दै त्यसका लागि सवैको सहयोग आवश्यक पर्ने पनि बताए ।
    ‘अहिले हामी संविधान, संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सडकमा छौँ । यसमा मलाई अहिले खुसी लागेको छ । हामी नागरिक आन्दोलनसँगै छौ, मिडियाकर्मीको भावनासँगै जोडिएका छौँ भन्ने लागेको छ’, प्रचण्डले लोकतन्त्रको हत्या गर्ने र लोकतन्त्रलाई जोगाउनेहरु उस्तैउस्तै भनेर भन्ने गरिएको भन्दै त्यसरी नबुझ्न आग्रह गरे । उनले मुलुकमा स्थायित्वका लागि गठबन्धन हुँदै पार्टी एकता गरिएपनि अहिले दुर्घटना भएको बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij