Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

सोमबार नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय कमिटी बैठक बोलायो


  • आइतबार, माघ १८ २०७७

  • सोमबार नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय कमिटी बैठक बोलायो

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले सोमबार विहान ११ बजेका लागि केन्द्रीय कमिटीको बैठक बोलाएको छ ।

    संसद् पुनर्स्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा रहेको यो समूहले आकस्मिक रुपमा केन्द्रीय कमिटी बैठक बोलाएको हो । बैठकमा समसायिक विषयमा छलफल हुने स्थायी कमिटी एक सदस्यले जानकारी दिए ।

    यो समूहको केन्द्रीय कमिटी बैठक गएको पुस ७–९ मा बसेको थियो ।
    बुटवल, विराटनगर र धनगढीमा प्रदेश स्तरीय विरोधसभा गरिसकेको यो समूहले माघ २८ मा राजधानी उपत्यकामा जनप्रदर्शनको तयारी गरेको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij