काठमाडौं – नेपाली कांग्रेस टोखा नगर समितिले प्रतिनिधि सभा विघटनको विरोधमा भोली माघ ३ गते शनिबार नगरमा विरोधी ¥यालीसहितको कोण सभा गर्ने भएको छ । नगर सभापति बसन्त श्रेष्ठका अनुसार नगरपरिक्रमा पछिको विरोध सभामा कांग्रेस केन्द्रीय सहमहामन्त्री डा. प्रकाशशरण महत, सांसद भिमसेनदास प्रधान, क्षेत्रीय सभापति रमेश खड्कालगायतका नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नगर सभापति श्रेष्ठको नेतृत्वमा हुने विरोध ¥यालीमा कांग्रेस सम्बद्ध सबै भातृसंस्था तथा शुभेच्छुक संघसंस्था तथा नगरका स्थानियको पनि उल्लेख्य सहभागिता रहने काग्रेस नगर समितिले जनाएको छ । कार्यक्रमको सञ्चालन नगर सचिव रमेश नापितले गर्नेछन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
