Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेविसंघद्धारा उल्टो हिँडेर संसद विघटनको विरोध


  • शुक्रबार, पुष २४ २०७७

  • नेविसंघद्धारा उल्टो हिँडेर संसद विघटनको विरोध

    काठमाडौं – नेपाल विद्यार्थी संघले काठमाडौंमा उल्टो हिँडेर संसद विघटनको विरोध जनाएको छ । माइतीघर मण्डलाबाट नेविसंघ नेता–कार्यकर्ताहरु उल्टो हिँड्दै बानेश्वरसम्म आइपुगेका छन् ।

    उनीहरुले संसद विघटनको विरोध गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध चर्का नारासमेत लगाएका थिए । प्रदर्शनमा नेपाल विद्यार्थी संघका केन्द्रीय अध्यक्ष राजीव ढुंगाना, उपाध्यक्ष तुलसा थपलिया, महामन्त्री उर्मिला थपलिया, वलदेव तिमल्सिना, युवराज पाण्डेलगायत सहभागी छन् ।
    हाल संसद विघटन सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij