काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा आन्दोलन घोषणा गरेको छ।
अनेरास्ववियूका सह–संयोजक रञ्जित तामाङद्धारा जारी विज्ञप्तीमा भनिएको छ – पहिलो चरणको आन्दोलन सकिएपछि दोस्रो चरणको आन्दोलनका कार्यक्रम ल्याइएको हो।
पुस २१ देखि २९ गतेसम्म विभिन्न कार्यक्रम गरी आन्दोलन गरिने अनेरास्ववियू विज्ञप्ती मार्फत जनाएको छ ।
ओली सरकारका मन्त्रीहरूलाई कालो झण्डा देखाएर प्रदर्शन गर्ने, क्याम्पसहरूमा कालो ब्यानर राखेर विरोध गर्नेजस्ता आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ।

""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
