Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग उपप्रमुख गुओ यैचौ नेतृत्वको टोली राजनितिक भेटघाटमा सक्रिय


  • सोमबार, पुष १३ २०७७

  • चिनियाँ कम्युनिस्ट पार्टीका अन्तर्राष्ट्रिय विभाग उपप्रमुख गुओ यैचौ नेतृत्वको टोली राजनितिक भेटघाटमा सक्रिय

    नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का अन्तर्राष्ट्रिय विभाग उपप्रमुख गुओ यैचौ नेतृत्वको चार सदस्यीय टोलीले नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड – नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालसंग भेटवार्ता गरेको छ । आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसंग लामो छलफल गरेको चिनियाँ टोलीले आज नेकपाका दुवै तर्फका नेताहरुसंग छलफल कार्यक्रम छ ।
    पछिल्ला दिनहरुमा चिनियाँ प्रभाव बढ्दै गइरहेको वेला नेकपा फुटको सन्दर्भलाई लिएर चिनियाँ नेताहरू राजनितिक भेटघाटमा आएका हुन । चिनियाँ नेताहरुको यो भ्रमण र भेटघाटलाई नेकपालाई कानुनी रुपमै फुटबाट जोगाउने चिनियाँ प्रयासका रुपमा समेत हेरिएको छ । राजनितिक रूपमा विभाजन भइसकेको नेकपालाई जोगाउने प्रयासमा चिनियाँहरु यस अघि पनि सक्रिय थिए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij