काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। बैठक बुधबार दिउँसो १ बजे देउवा निवासमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
‘उक्त बैठकमा अध्यादेशपछिको अवस्थाबारे छलफल हुनेछ’, उनले भने। उक्त बैठकमा पदाधिकारी र पूर्वपदाधिकारी सहभागी हुनेछ। कोरम नपुगेर पटक-पटक संवैधानिक परिषद् बैठक स्थगित भएपछि सरकारले मंगलबार राष्ट्रपतिसमक्ष संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्न सिफारिस गरेको थियो। लगत्तै राष्ट्रपतिले अध्यादेश जारी गरेकी थिइन्।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
