Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

नेकपा दाङका संस्थापक माणिकलाल गौतमको निधन


  • बुधबार, मंसिर २४ २०७७

  • नेकपा दाङका संस्थापक माणिकलाल गौतमको निधन

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाङका संस्थापक माणिकलाल गौतमको निधन भएको छ । विसं २००९ मा दाङमा कम्युनिष्ट पार्टीको स्थापनामा महत्वपूर्ण भूमिका खेलेका गौतमको आज बिहान ३ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    कम्युनिष्ट आन्दोलनको विकासमा निरन्तर लागिरहेका गौतमको ९३ वर्षको उमेरमा निधन भएको हो । उनी नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सदस्य तथा केन्द्रीय सल्लाहकार परिषद् सदस्य थिए ।

    उनको अन्तिम दाहासंस्कार आजै दाङको शङ्खेपिपलमा ११ बजे गरिने भएको छ ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij