काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी को विवाद मिलाउन राष्ट्रपति विधादेवी भण्डारी सक्रिय भएको प्रति जनता समाजवादी पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइने कटाक्ष गरेका छन । पटक – पटक राष्ट्रपति कहाँ धाउने र राष्ट्रपतिले बोलाउने कुरा संविधानको कुन धारा अन्तर्गत हो ? भनि प्रश्न गरेका छन । भट्टराइले सामाजीक सञ्जालमा लेखेका छन – ‘शक्तिशाली-सक्रिय राष्ट्रपति चाहिएको हो भने संविधान संशोधन गरेर प्रत्येक्ष निर्वाचन प्रणालीमा जाउँ न त !’ भट्टराइले राष्ट्रपतिको सक्रियतालाई अति भो भनेका छन ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
