काठमाडौं – नेपाली कांग्रेस र पार्टी सम्बद्ध भातृ संस्थाहरूले हिजो वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा गरिएको पक्राउ र दुर्व्यवहारको विरोधमा देशव्यापी विरोध प्रदशन गर्ने भएका छन । कांग्रेसका जिल्ला समिति र तरुण दल, नेपाल विद्यार्थी संघ लगाएतका भातृ संस्थाहरूले विरोध प्र्देशनको तयारी गरेका छन । तरुण दलले सबै जिल्ला समितिहरुलाई परिपत्र गरेर विरोध कार्यक्रम गर्न निर्देशन दिएको छ । उता तनहुँमा हिजो हुन नसकेको पुल आज उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन वरिष्ठ नेता पौडेलले गर्ने कार्यक्रम छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
