काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई हिरासतमा लिएको छ । तनहुँको व्यास नगरपालिकामा पुल उद्घाटन गर्न गृह जिल्ला पुगेका पौडेललाई प्रहरीले हिरासतमा लिएको उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेका छन् । ‘भर्खर प्रहरी परिचालन गरी मलाई र तनहुँ जिल्ला कार्यबहाक सभापति जित प्रकाश आलेलाई हिरासतमा लिएको जानकारी दिन्छु ।’ बरिष्ठ नेता पौडेलले फेसबुकमा लेखेका छन् ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
