काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक केही समय मात्रै बसेर स्थगित भएको छ । पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डको प्रस्तावका सन्दर्भमा छलफलका लागि बोलाइएको सचिवालय बैठक केही समय मात्रै बसेर मंसिर २० गतेसम्मका लागि स्थगित गरिएको हो ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको आलोचना गर्दै प्रस्ताव ल्याएका थिए भने ओलीले पनि त्यसको जवाफमा मंसिर १३ गते प्रतिवेदन ल्याएका थिए । नेकपाभित्र सोही प्रस्तावको विषयमै विवाद छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
