एजेन्सी । अर्जेन्टिनाका फुटबल डिएगो म्यारोडोनाको निधन भएको छ । म्यारोडोनाको बुधबार ६० वर्षको उमेरमा निधन भएको हो । हृदयघातको कारण उनको निधन भएको अन्तराष्ट्रिय समाचार संस्थाहसले जनाएका छन । उनले अर्जेन्टिनालाई सन् १९८६ मा विश्वकपको उपाधि दिलाएका थिए । विश्व फुटवलका चर्चित एवं सफल खेलाडी म्याराडोनाको निधनले विश्वभरका फुटवल प्रेमी र उनका प्रशंसकहरू स्तब्ध भएका छन । उनको निधनमा दुःख प्रकट गर्ने र श्रद्धाञ्जली दिने क्रम जारी छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
