Rastrapukar

आइतबार, असोज २५ २०८३ | Sunday 11th October 2026

कांग्रेस सत्तामा जाँदैन : सह-महामन्त्री डा.महत


  • सोमबार, मंसिर ८ २०७७

  • कांग्रेस सत्तामा जाँदैन : सह-महामन्त्री डा.महत

    काठमाडौं – नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले कांग्रेस अहिले सत्तामा नजाने बताएका छन । नेपाल प्रेस युनियन कपिलवस्तुले आयोजना गरेको कार्यक्रममा डा.महतले सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी ओली संग सम्वैधानिक नियुक्तिका विषयमा छलफल गरेको प्रष्ट पारे । उनले वर्तमान सरकार असफल भएको र भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।
    महतले पार्टी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो प्रतिवेदनमै भ्रष्टचारको आरोप लगाएर सरकारको भ्रष्टाचार प्रमाणित गरेको बताए । देशमा विदेशी हस्तक्षेप वढेको र राष्ट्रियताको नारा झुठो सावित भएको डा. महतको भनाइ छ । कम्युनिष्ट सरकारको असफलतालाई आगामी निर्वाचनमा पार्टीले उपयोग गर्ने सहमहामन्त्री डा. महतले बताए ।

    ""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""

    सम्बन्धित समाचार

    चर्चित

    ताजा अपडेट








    © 2026 All right reserved to rastrapukar.com  | Site By : Sobij