वीरगञ्ज – सँस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले पार्टीलाई एक ढिक्का राख्न आफू मन्त्री पद छाड्न तयार रहेको बताएका छन् ।
नेकपा पर्साको पार्टी कार्यालय वीरगञ्जमा नेता कार्यकर्ताहरुसँगको भेटमा उनले ‘तपाई हामी जे सुकै कुरा त्याग्न तयार हुनुपर्छ, आज पर्यटन मन्त्री छु, पार्टी एक हुनका लागि सरकार पुनर्गठन गर्नुपर्ने भो, मन्त्री पद छोडिदिनुस् भन्नुहुन्छ भने हामी छोडिहाल्छौं, राजिनामा दिउँला ।’ साथै उनले भने – ‘के गर्दा पार्टी एकता बलियो हुन्छ त्यही गरौंला, पार्टीभित्र कुनै जिम्मेवारी मिलेको छैन भने मिलाउनुपर्छ, हिजो जिम्मेवारी बाँडफाँट गर्दा एक पक्षीय भएको छ भने मिलाएर जानुपर्छ । त्यसो गर्दा सरकार स्थिर र बलियो हुन्छ ।’
नेकपा स्थायी कमिटी सदस्यसमेत रहेका भट्टराईले पार्टीभित्रको अन्तर्विरोधका बेला कसैलाई साथ नदिएर कार्यकर्ताले दबाब सिर्जना गर्न सक्ने बताए ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
