काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व एमालेका नेताहरुसंगको परामर्शलाई तिब्रता दिएका छ । आज मात्रै उपाध्यक्ष वामदेव गौतमलाई भेटेका ओलीले अपरान्ह वरिष्ठ नेता माधवकुमार नेपालसंग छलफल गरेका छन । गौतम संग जस्तै नेपाल संग पनि ओलीले कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा पेश गरेको प्रतिवेदन फिर्ता लिन भूमिका खेल्न लाग्रह गरेका थिए ।
तर नेपालले उक्त प्रतिवेदन आफुहरुको साझा भएको भन्दै सचिवालय बैठकमै छलफल गरेर टुङ्गोमा पुग्नु पर्ने बताएका थिए । नेकपा सचिवालय बैठक मंसिर ३ गते बोलाइएको छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
