काठमाडौ -प्रधान सेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे तीनदिने औपचारिक भ्रमणको सिलसिलामा बुधबार काठमाडौं आइपुगेका छन् । मानार्थ सेनापतिको पदवी ग्रहण गर्न उनी नेपाल आएका हुन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई नेपाली सेनाका रथी प्रभुराम शर्माले स्वागत गरेका छन् । पत्नीसहित चार सदस्यीय टोलीसहित नरवणे सेनाको विशेष विमानबाट नेपाल आएका हुन् ।
आज उनको औपचारिक कार्यक्रम छैन । उनले नेपाल भ्रमणले आफु उत्साहित भएको भिडियो सन्देश मार्फत जनाएका छन । उनको आगमनको समयमा काठमाडौका विभिन्न ठाँउमा विरोध प्रदर्शन भएका छन । राष्ट्रपति विधादेवी भण्डारीले मानार्थ सेनापतिको पदवी दिने कार्यक्रम छ भने प्रधानमन्त्री केपी शर्मा ओली लगाएतका विशिष्ठ व्यक्तिहरुसंग भेटने कार्यक्रम छ ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
