काठमाडौं – करिव दुई साताको गतिरोध पछि शनिवार प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुतपकमल दाहाल विचमा भेटघाट भयो । धेरै मध्यस्तकर्ताको प्रयास पछि भएको भेट सुखद हुन सकेन । प्रचण्डले आइतबार बहुमत सचिवालय सदस्यहरुको बैठकमा जानकारी दिए अनुसार ओलीले अलग – अलग पार्टी बनाएर जाने प्रस्ताव गरे । त्यतिमात्र होइन पार्टीका सबै निर्णय आफुले मान्न नसक्ने पनि प्रष्ट पारे ।
ओलीसंग तिक्ततापूर्ण वार्ता गरेको भोली पल्ट ( आइतवार) प्रचण्डले आफ्नै निवासमा सचिवालय सदस्यहरुको भेला बोलाए । भेलामा माधव कुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, रामबहादुर थापा, नारायणकाजी श्रेष्ठ सहितका नेताहरु भेला भए । त्यहि भेलामा ओलीले पार्टी फुटाउन गरेको प्रस्ताव प्रचण्डले ब्रिफिङ गरे ।
""राष्ट्रपुकार डट कम प्रकाशित कुनै पनि सामग्री बारे गुनासो, सूचना तथा सुझाव भए हामीलाई rastrapukarnews@gmail.com मा पठाउन सक्नु हुनेछ ।""
